१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

कृष्णनगर नगरपालिकामा सोमबार सार्वजनिक विदा



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकाले सोमबारका दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । नेपालीहरुको महत्वपूर्ण चाड जनै पूर्णीमा तथा रक्षा बन्धनको अवसर पारेर कृष्णनगर नगरपालिकाले सार्वजनिक विदा दिएको हो ।

नगरपालिकाले एक सूचना जारी गरी जनै पूर्णीमा तथा रक्षा बन्धनको अवसरमा शुभकामना दिदै सुस्वास्थ्य दीर्घायुको कामना पनि गरेको छ ।

नगर प्रमुख रजत प्रताप शाहको स्विकृतीमा सोमबार सार्वजनिक विदा दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।

No photo description available.

प्रकाशित मिति : १८ श्रावण २०७७ आइतबार ००:००  ७ : २० बजे