४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

मिठो भएपनि कहिले मिक्स गरेर नखानुस् यि खानेकुरा



एजेन्सी ।
हामी स्वादका हिसावले कतिपय खानेकुरा मिसाएर खान्छौं । केहि खाने कुरा यतिकै खानुमा भन्दा केही अन्य चिजसँग मिसाएर खानुमा स्वादै नै बेग्लै हुुन्छ । तर, हामीले स्वादका लागि मिक्स गरेर खाएका केहि खाने कुराका बोरमा ज्ञान राख्नु जरुरी छ । केहि खाने कुरा यस्ता हुन्छन् स्वादका हिसावले मिक्स गरेर खादा मिठो भए पनि स्वास्थ्यका हिसावले एक्दमै हानिकारक हुन्छ । आज हामी केहि त्यस्ता खाने कुराको चर्चा गरौं, जसलाई मिक्स गरेर खादा स्वास्थ्यमा नकारात्मक असर गर्छ ।

१. दुधको साथमा घ्यु अन्डा, रुखकटहर, कोदाको ढिंडो र फापरको ढिडो खानु हुँदैन ।
२. माछा र सक्खर सँगै खानुु हुँदैन यसले पित्त विगार्छ ।

३. परेवाको मासु, दुध र मह लामो समयसँगै सेवन गरेमा गलगाँड हुनसक्छ ।
४. दुधको साथमा बडर, काँचो केरा, आँप, जामुना, तित्री, ओखर, दारिम नरिवल खानु हुँदैन । यसरी खाएमा दम हुने सम्भावना हुन्छ ।
५. भटमास र दुध एकैसाथ खाएमा पत्थरी हुनसक्छ ।

६. गुर्जो र तुलसी एकैसाथ खाएमा अम्लपित्त हुनसक्छ ।
७. भिण्डीको साथ दही मोहि, घ्यु, दुध खानु हुदैन खाएमा अम्लपित्त बढ्छ ।
८. करेलामा साग वा भिण्डी एकसाथ पकाएर खान हुदैन । खाएमा अम्लपित्त बढ्छ ।
९. हाँस वा बकुल्लाको मासु खाएको बेला गेडागुडी र कालो दाल खानु हुँदैन । यसरी खाएमा क्यान्सर समेत हुन सक्छ ।
१०. बाँसको तामा, बडरको फल, मह र दुधसँगै खान हुँदैन यसले वीर्य नास हुन्छ ।

प्रकाशित मिति : २० श्रावण २०७७ मंगलबार ००:००  ६ : २८ बजे