३० बैशाख २०८१, आइतबार | Sun May 12 2024

सन् २०२१ को टी–२० विश्वकप भारतमा, २०२२ को अस्ट्रेलियामा गर्ने निर्णय



एजेन्सी ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले सन् २०२१ को टी–२० विश्वकप भारतमा गर्ने निर्णय गरेको छ ।

आइसिसीको बोर्ड बैठकले शुक्रबार एक वर्षपछि भारतमा विश्वकप गर्ने निर्णय गरेको हो । यस्तै २०२२ को टी–२० विश्वकप अस्ट्रेलियामा हुनेछ ।

आइसिसीले न्युजिल्यान्डमा सन् २०२१ हुने तय महिला विश्वकप २०२२ सम्मका लागि सारेको छ ।

यसअघि आइसिसीले साउन पहिलो साता सन् २०२० मा तय पुरुष टी–२० विश्वकप स्थगित गर्ने निर्णय गरेको थियो। कोरोना भाइरस कारण स्थगित टी–२० विश्वकप आगामी अक्टोबर–नोभेम्बरमा अस्ट्रेलियामा हुने तय थियो ।

आइसिसीले २०२० मा टी–२० विश्वकप स्थगित गर्ने निर्णय गर्दै सन् २०२१ को अक्टोबर–नोभेम्बरमा गर्ने बताएको थियो। यस्तै २०२१ को विश्वकप सारेर २०२२ को अक्टोबर–नोभेम्बरमा अर्को टी–२० विश्वकप गर्ने निर्णय गरिए पनि भेन्यू तय भएको थिएन ।

सन् २०२३ को एकदिवसीय विश्वकप भारतमा हुने तय भएकाले आइसिसीले एक वर्ष ग्याप राख्दै २०२१ को विश्वकप भारतमा गर्ने निर्णय गरेको हो ।

अब २०२१ मा भारत हुने विश्वकपमा २०२० मा छनोट भएका टिमले खेल्नेछन् । २०२२ मा अस्ट्रेलियामा हुने विश्वकपका लागि नयाँ छनोट गरिनेछ ।

प्रकाशित मिति : २४ श्रावण २०७७ शनिबार ००:००  ६ : ०४ बजे