१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

लयमा रहेको रियल च्याम्पियन्स लिगको अन्तिम ८ बाटै बाहिरियो, सिटी बाधक



एजेन्सी ।
म्यान्चेष्टर सिटी च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनलमा प्रवेश गरेको छ । प्रतियोगिताको अन्तिम १६ को दोस्रो लेगको खेलमा स्पेनिस महारथी रियललाई २–१ गोल अन्तरले हराउँदै सिटीले अन्तिम ८ मा स्थान पक्का गरेको हो ।

घरेलु मैदान ईतिहाद स्टेडियममा शुक्रबार राति सिटीले सहज जित निकाल्यो । समग्रमा ४–२ को नतिजा सहित सिटी क्वार्टरफाईनल प्रवेश गरेको हो ।

रियलको घरेलु मैदानमा भएको पहिलो लेगमा सिटीले २–१ को अग्रता लिएको थियो । ईतिहादमा भएको दोस्रो लेगमा रियल मड्रिडको कमजोर डिफेन्सको फाईदा उठाउँदै सिटीले सहज जित निकाल्यो ।

खेलको नवौं मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । डिफेन्सले क्लियर गर्न नसकेको बलमा ग्याब्रियल जिससको पासमा स्टर्लिङले गोल गरेका थिए । २८ औं मिनेटमा करिम बेन्जिमाले हेड गोलमार्फत खेल बराबरीमा ल्याएका थिए । रोड्रिग्वोको उपलब्ध गराएको पासमा उनले हेडमार्फत बराबरी गोल फर्काएका थिए ।

तर दोस्रो हाफमा समेत रियलको डिफेन्सको कमजोरी यथावत रह्यो । राफेल भारानेको गल्तीमा ग्याब्रियल जिससले गोल गर्दै सिटीलाई २–१ ले अघि बढाए । भारानको ब्याकपासमा गोलकिपरलाई बिट गर्दै जिससले सिटीलाई जिततर्फ अग्रसर गराएका थिए ।सिटीले स्पेनिस लिगको च्याम्पियन रियलको च्याम्पियन्स लिगको यात्रा प्रि–क्वार्टरफाईनलमै टुङ्गयाई दिएको छ ।

सिटीले क्वार्टरफाईनलको खेलमा लियोनसंग अगष्ट १५ मा प्रतिस्पर्धा गर्नेछ । पेप ग्वार्डिओला तेस्रो सिजन सिटीको नेतृत्व गरेका छन् । उनी नेतृत्वको सिटीले दोस्रो स्थानमा रहदै प्रिमियर लिगको अन्त्य गरेको थियो भने क्लब युरोपा लिगको अन्तिम ८ मा पुगेको छ । सिटी पहिलो पटक च्याम्पियन्स लिगको उपाधिको खोजीमा रहेको छ । क्लब सन् २०१५–१६ पछि सेमिफाईनल समेत पुग्न सकेको छैन ।

प्रकाशित मिति : २४ श्रावण २०७७ शनिबार ००:००  ८ : १९ बजे