१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

च्याम्पियन्स लिगमा आज राति बार्सिलोना र नापोली भीँड्दै



एजेन्सी । युरोपियन फुटवल लिग च्याम्पियन्स लिग फुटबलमा आज राति थप अन्तिम ८ का खेल हुँदै छन् । जसमा धेरैको ध्यान बार्सिलोना र नापोलीबीचको खेलमा मोडिएको छ । गएराति रियल र युभेन्टस लिगबाट बाहिरिएपछि अब बार्सिलोनाको अवस्था के हुने भन्नेमा धेरैले आशा गरेका छन् ।

प्रशिक्षक क्विक सेटियनले यो खेलमा आफूलई कुनै डर नभएको बताएका छन् । उनले मेस्सीको पनि उत्कृष्ट खेल हुनेमा आशा गरेका छन् । मध्यराति बार्सिलोनाको घरेलु मैदानमा खेल हुने छ ।

नापोलीबिरुद्धको पहिलो लेगको खेल बार्सिलोनाले १–१ गोलको बराबरी खेलेको थियो । बार्सिलोना सन् २००७ देखि अन्तिम १६ बाट बाहिरिएको छैन । क्लब सन् २०१५ पछि च्याम्पियन्स लिगको उपाधिको प्रतिक्षा गरिरहेको छ । यता नापोली पनि बार्सिलोनालाई हराएर अन्तिम ४ मा पुग्ने लक्ष्यमा छ ।

प्रकाशित मिति : २४ श्रावण २०७७ शनिबार ००:००  ८ : ३२ बजे