४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

नेपोलीलाई पछि पार्दै बार्सिलोना क्वार्टरफाइनलमा



एजेन्सी ।
स्पेनिस क्लब बार्सिलोना र जर्मन क्लब वायर्न म्युनिख युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

शनिबार राति अन्तिम १६ को दोस्रो लेगमा बार्सिलोनाले इटालियन क्लब नेपोलीलाई ३-१ ले हरायो । पहिले लेग १-१ को बराबरीमा सकिए पनि दोस्रो लेगमा जित हात पारेको बार्सिलोना समग्रमा ४-२ को नतिजामा अन्तिम ८ मा पुग्यो ।

बार्सिलोनाका लागि शनिबार लेङ्गलेटले १० मिनेटमा पहिलो गोल गरे । लिओनल मेसीले २३ मिनेटमा अग्रता दोब्बर पारे । पहिलो हाफको इन्जुरी टाइममा दुवै टिमले १-१ गोल गरे।

दुवै गोल पेनाल्टीबाट भए । बार्सिलोनाका लागि लुइस सुआरेजले गोल गर्दा नेपोलीका इनसाइनले गोल फर्काए । दोस्रो हाफमा भने कुनै गोल भएन ।

प्रकाशित मिति : २५ श्रावण २०७७ आइतबार ००:००  ६ : ४९ बजे