१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

बार्यन म्युनिख क्वाटरफाइनलमा, चेल्सी ४–१ ले पराजित



एजेन्सी ।
इंग्लिस क्लब चेल्सीमाथि शानदार जित दर्ता गरी जर्मन क्लब बार्यन म्युनिख च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अन्तिम १६ को दोस्रो लेग अन्तर्गत शनिबार राति घरेलु मैदानमा भएको खेलमा बार्यन म्युनिखले चेल्सीलाई ४–१ ले पराजित गरेको हो ।

पहिलो लेगमा ३–० को जित निकालेको बार्यन म्युनिख समग्रमा ७–१ को जितसहित अन्तिम ८ मा पुग्न सफल भएको हो । शनिबार राति भएको खेलमा बार्यनका लागि रोबर्ट लेवान्डोस्कीले १० औँ मिनेटमा पेनाल्टी मार्फत गोल गरेर सुरुवाति अग्रता दिलाए । उनले ८३ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे ।

त्यसअघि २४ औँ मिनेटमा इभान पेरिसिक र ७६ औँ मिनेटमा कोरेन्टिन तोलिसोले बार्यनका लागि गोल गरेका थिए। चेल्सीका लागि ४४ औँ मिनेटमा ट्यामी अब्राहमले एक गोल फर्काए ।

बार्यनले अब लिस्बोनमा सेमिफाइनल प्रवेशका लागि बार्सिलोनासँग प्रतिस्पर्धा गर्ने छ।

प्रकाशित मिति : २५ श्रावण २०७७ आइतबार ००:००  ६ : ५३ बजे