१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

अस्पताल चहार्दाचहार्दै मृत्यु भएकी युवतीमा कोरोना पुष्टि



वीरगन्ज ।
सातवटा अस्पताल चहार्दाचहार्दै शुक्रबार राति मृत्यु भएकी वीरगन्जकी २० वर्षिया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको प्रयोगशालमा शनिबार गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले जनाए ।

वीरगन्ज महानगरपालिका– २ छपकैयाकी उनको शुक्रबार राति नारायणी अस्थाई कोरोना गण्डक अस्पतालमा मृत्यु भएपछि स्वाब संकलन गरि परीक्षणका लागि पठाइको थियो ।

शुक्रबार राति एक्कासी स्वासप्रस्वासमा समस्या देखिएपछि परिवारले राति ११ बजे रिक्सामा राखेर उनलाई अस्पताल पुर्‍याएका थिए ।

वीरगन्जका ७ वटा अस्पताल चहार्दा पनि कुनै अस्पतालले लामालाई भर्ना गर्न मानेनन् । दोस्रोपटकमा नारायणी अस्थाई कोरोना अस्पतालले भर्ना गर्न तयार भए पनि उनलाई रिक्साबाट स्ट्रेचरमा राख्ने बेलामै उनको मृत्यु भइसकेको थियो ।

स्वासप्रस्वासमा समस्या देखिएकी उनलाई अक्सिजन पाइप लगाइदिन अस्पतालसँग अनुरोध गर्दा पनि कसैले नमानेको उनकी भाउजुले गुनसो गरिन् ।

प्रकाशित मिति : २५ श्रावण २०७७ आइतबार ००:००  १२ : ०७ बजे