८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

उपत्यकामा कोरोना संक्रमितको संख्या एक हजार नाघ्यो



काठमाडौं ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ। स्वास्थ्य मन्त्रालयको शनिबारसम्मको तथ्यांक अनुसार उपत्यकामा संक्रमित संख्या एक हजार ४४ पुगेको छ।

तीमध्ये काठमाडौंका ८२२, ललितपुरका १३७ र भक्तपुरका ८५ जना छन्। अहिले उपत्यकामा संक्रिय संक्रमितको संख्या भने ८ सय ६ छ। शनिबार उपत्यकामा ६२ जना संक्रमित थपिएका थिए।

पछिल्लो समय उपत्यकामा संक्रमणको जोखिम बढेसँगै संक्रमितहरू थपिने क्रम बढ्दो छ। उपत्यकामा अहिलेसम्म एकैदिन १ सय ६ जना सम्म संक्रमित भेटिएका छन्।

अहिले उपत्यकामा संक्रमित भेटिएका ठाउँहरूलाई सिल गर्ने काम भइरहेको छ। देशभर भने कोरोना संक्रमितको संख्या २२ हजार ५ सय ९२ छ। जसमा ६ हजार २ सय ६ जना सक्रिय संक्रमित छन् भने ७३ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति : २५ श्रावण २०७७ आइतबार ००:००  १२ : २१ बजे