१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

इन्टर मिलान युरोपा लिगको सेमिफाइनलमा



एजेन्सी ।
इटालियन क्लब इन्टर मिलान युरोपा लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनल अन्तर्गत सोमबार राति भएको खेलमा इन्टर मिलानले बायर लेभरकुजनलाई २–१ ले पराजित गरेर अन्तिम चारमा स्थान पक्का गरेको हो ।

इन्टर मिलानको जितमा निकोलो बारेला र रामेलु लुकाकुले गोल गरे । बायर लेभरकुजनका लागि काई हाभर्ट्जले एक गोल फर्काए । दुवै तर्फबाट सबै गोल पहिलो हाफमा नै भएको हो । १५ औँ मिनेटमा बारेलाले गोल गरी इन्टर मिलानलाई सुरुवाति अग्रता दिलाए ।

२१ औँ मिनेटमा लुकाकुले गोल गरेर अग्रता दोब्बर पारे । २४ औँ मिनेटमा हाभर्ट्जले बायरका लागि एक गोल फर्काए । त्यसपछि दुवै तर्फबाट गोल हुन सकेन र इन्टर मिलान २–१ को जितसहित सेमिफाइनलमा प्रवेश गर्न सफल भयो ।

लुकाकुले युरोपा लिगका पछिल्लो ९ खेलमा लगातार गोल गरेका छन्। उनले एभर्टनबाट पछिल्ला पाँच खेलमा ८ गोल तथा त्यसपछि इन्टर मिलानबाट चार खेलमा चार गोल गरेका हुन् ।

प्रकाशित मिति : २७ श्रावण २०७७ मंगलबार ००:००  ७ : ०९ बजे