८ असार २०८३, सोमबार | Mon Jun 22 2026

युनाइटेड युरोपा लिगको सेमिफाइनलमा, कठिन जित



एजेन्सी ।
थप गरिएको समयमा पेनाल्टी मार्फत गोल गरी म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।सोमबार राति भएको क्वाटरफाइनलमा एफसी कोपनहेगनलाई १–० ले पराजित गरी इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

९० मिनेटको निर्धारित समयमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलियो।
९५ औँ मिनेटमा युनाइटेडले पेनाल्टी पायो । ब्रुनो फेर्नान्डेसले गोल गरे । म्यानचेस्टर युनाइटेड १–० को जितसहित सेमिफाइनलमा प्रवेश गर्न सफल भयो ।

प्रकाशित मिति : २७ श्रावण २०७७ मंगलबार ००:००  ७ : १२ बजे