१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

कोरोनाको स्थिति भयावहः आज मात्र थपिए ६ सय ३८ संक्रमित



काठमाडौं ।

मंगलबार देशका विभिन्न ठाउँमा ६ सय ३८ जना कोरोनाका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ६ सय ३८ जना संक्रमित थपिएका हुन्।

यीसहित हालसम्म संक्रमितको संख्या २३ हजार ९ सय ४८ पुगेको छ। मन्त्रालयका अनुसार विगत २४ घण्टामा विभिन्न अस्पतालबाट १ सय ७१ जना संक्रमित कोरोनाबाट मुक्त भएर घर फर्किएका छन्।

यीसहित हालसम्म १६ हजार ६ सय ६४ जना कोरोनाबाट निको भएका छन्। विगत २४ घण्टामा १० हजार बढीको पिसिआर परीक्षण भएको छ। हालसम्म ४ लाख ६२ हजार बढीको पिसिआर परीक्षण भएको छ। त्यस्तै ८३ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ।

प्रकाशित मिति : २७ श्रावण २०७७ मंगलबार ००:००  ४ : ३६ बजे