७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

युरोपा लिगः वुल्भ्सलाई पराजित गर्फै सेभिल्ला सेमिफाइनलमा



एजेन्सी ।
स्पेनिस ला लिगा क्लब सेभिल्ला युरोपा लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रीमियर लिग क्लब वुल्भ्सलाई पराजित गर्फै सेभिल्ला युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेको हो ।

मंगलबार राति भएको खेलमा वुल्भ्समाथि १-० गोलको संघर्षपूर्ण जित दिलाउन लुकास ओकाम्पसले गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो लुकासले निर्णायक गोल गरेका हुन् ।

अर्जेन्टिनी विंगर लुकासले खेलको ८८ औं मिनेटमा गोल गर्दै सेभिल्लालाई उपाधितर्फ धकेलेका हुन् । यससँगै सेभिल्ला सातौं पटक युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेको छ भने पाँच पटक युरोपा लिगको उपाधि जितेको छ ।

सेभिल्लाले अब फाइनल प्रवेशका प्रीमियर लिग क्लब म्यान्चेस्टर युनाइटेडको सामना गर्नेछ । युनाइटेडले सोमबार राति कोपनहेगनमाथि १-० को संघर्षपूर्ण जित निकाल्दै सेमिफाइनलमा स्थान बनाइसकेको छ ।

त्यस्तै मंगलबार राति नै भएको अर्को खेलमा सख्तर डोनेट्सले बसेललाई पराजित गरेको छ । सख्तरले बसेललाई ४-१ गोलको फराकिलो जित निकाल्दै युरोपा लिगको सेमिफाइनल प्रवेश गरेको छ ।

अब फाइनल प्रवेशका लागि सख्तरले इन्टर मिलानको सामना गर्दैछ । मिलान सोमबार राति भएको खेलमा लेभरकुसेनलाई २-१ गोलले पराजित गर्दै युरोपा लिगको सेमिफाइनलमा स्थान बनाईसकेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७७ बुधबार ००:००  ८ : २२ बजे