५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

पछिल्लो २४ घण्टामा ४ सय ८४ कोरोना संक्रमित थपिए



काठमाडौं ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न ठाउँमा ४ सय ८४ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत सो संख्याका संक्रमित थपिएको जानकारी दिए। बुधबार थपिएकासहित मुलुकभर हालसम्म कुल संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको छ।

त्यस्तै विगत २४ घण्टामा ६४ जना कोरोनाबाट निको भइ घर फर्किएका छन्। हालसम्म कोरोनाबाट १६ हजार ७ सय २८ जना निको भइ घर फर्किका छन्। हालसम्म ६८ प्रतिशत कोरोनाबाट निको भएका छन्।

मुलुकभर ७ हजार ६ सय १३ जना सक्रिय संक्रमित छन्। विगत २४ घण्टामा १० हजार ४ सय ८१ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ४ लाख ७२ हजार बढीको पिसिआर परीक्षण भएको छ। हालसम्म ९१ जनाले कोरोनाबाट ज्यान गुमाएका छन्।

प्रकाशित मिति : २८ श्रावण २०७७ बुधबार ००:००  ४ : ३७ बजे