२८ बैशाख २०८१, शुक्रबार | Fri May 10 2024

पिएसजी च्याम्पियन्स लिगको सेमिफाइनलमा



एजेन्सी ।
शनशनी पूर्ण पुनरागमन गरी अन्तिम समयका दुई गोलको सहयोगमा पेरिस सेन्ट–जर्मेन (पिएसजी) च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

लिस्बोनमा बुधबार राति भएको क्वाटरफाइनलमा इटालियन क्लब एट्लान्टामाथि २–१ को जित निकाली फ्रेन्च क्लब पिएसजीले अन्तिम चारमा स्थान बनाएको हो ।

मारिओ पासालिकले २६ औँ मिनेटमा गोल गरी एट्लान्टालाई सुरुवाति अग्रता दिलाएका थिए । लगभग हाल नजिक पुगेको पिएसजीले खेलको अन्तिम समयमा शानदार पुनरागमन गरेको हो ।

९० औँ मिनेटमा मार्किन्होसले पिएसजीका लागि बराबरी गोल गरे । उनको गोलका लागि नेइमारले सहयोग गरेका हुन् ।

त्यसको तीन मिनेटपछि अर्थात इन्जुरी समयको तेस्रो मिनेटमा केलियन एमबाप्पेको सहयोगमा एरिक म्याक्सिमले गोल गरेर पिएसजीलाई जित दिलाए ।

जितसँगै पिएसजी २५ वर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । पिएसजीले आउँदो मंगलबार सेमिफाइनलमा आरबी लेइप्जिग वा एथ्लेटिको मड्रिडको सामना गर्ने छ ।

प्रकाशित मिति : २९ श्रावण २०७७ बिहिबार ००:००  ८ : २१ बजे