२८ बैशाख २०८१, शुक्रबार | Fri May 10 2024

ब्राजिलियन मिडफिल्डर विलियन आर्सनलमा अनुबन्धित



एजेन्सी ।
आर्सनलले ब्राजिलियन मिडफिल्डर विलियनलाई अनुबन्धित गरेको छ । ३२ वर्षका विलियनको इंग्लिस क्लब चेल्सीसँगको सम्झौता यो सिजनको अन्त्यसँगै सकिएको थियो ।

विलियनले आर्सनलसँग तीन वर्षको सम्झौता गरेका हुन् । चेल्सीले विलियनसँग नयाँ सम्झौताका लागि प्रस्ताव गरेको थियो, तर उनले क्लब छोडेर नयाँ चुनौतिको सामना गर्न चाहेको बताए ।

आर्सनलका प्रशिक्षक मिकेल आर्तेताले विलियन देखिने गरी फरक पार्न सक्ने खेलाडी रहेको बताए । विलियनले चेल्सीबाट ३३९ खेलमा सहभागिता जनाएका थिए । उनी सन् २०१३ मा चेल्सी आएका थिए ।

प्रकाशित मिति : ३१ श्रावण २०७७ शनिबार ००:००  ८ : १४ बजे