२७ बैशाख २०८१, बिहिबार | Fri May 10 2024

युभेन्टसलाई हराएको लियोनले रोक्ला सिटीलाई ? राति १ बजे खेल



मायादेवी अनलाइन, चार नम्बर ।
युइएफए च्याम्पियन्स लिग फुटवलको अन्तिम ४ मा प्रवेश गर्नको लागि आज इङलिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटी र फ्रेन्च क्लव लियोनबीच प्रतिस्पर्धा हुँदै छ । आज राति पौने १ बजे हुने खेल निकै रोचक हुने अपेक्षा गरिएको छ । यसपटकको च्याम्पियन्स लिगमा उपाधि दावेदार क्लव ठुला टिमहरु भटाभट आउट हुँदा आज सिटिको पनि त्यस्तै हालत हुने हो कि भनेर धेरै खेल पंडितले अनुमान गर्न थालेका छन् ।

रोनाल्डो सम्मिलित क्लव युभेन्टस प्रिक्वाटर फाइनलबाटै र मेस्सी सम्मिलित बार्सिलोना क्वाटरफाइनलबाटै बाहिरिएको अवस्थामा सिटीको बाँकी यात्रा के हुने हो आज राति मात्रै थाहा हुने छ । उसो त लियोनसंग भिँड्दा म्यान्चेष्टर सिटीका फरवार्ड सर्जियो अग्युरो हुने छैनन् । पछिल्लो समय चोटबाट पिरोलिएका अग्युरोले च्याम्पियन्स लिगको क्वार्टरफाईनल खेल समेत गुमाउने भएका हुन् ।

सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डिओलाले मुख्य फरवार्ड अग्युरो नहुँदा शनिबार लियोनबिरुद्धको खेल सहज नभएको बताएका छन् । चोटका कारण अग्युरो लियोनसंगको खेलमा हुने छैनन् ।

लियोनबिरुद्ध जित हासिल गरेको खण्डमा सिटीले बायर्न म्युनिखसंग खेल्ने छ । बार्यन बार्सिलोनालाई ८ दुईको लज्जास्पद हार चखाउँछै अन्तिम चारमा आएको छ । उता फाइनल प्रवेशको लागि पीएसजी ले आरबी क्लव आइपेजिगसंग मंगलबार प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : ३१ श्रावण २०७७ शनिबार ००:००  १२ : ३४ बजे