२८ बैशाख २०८१, शुक्रबार | Fri May 10 2024

अन्तर्राष्ट्रिय क्रिकेटबाट धोनी र रैनाले लिए सन्न्यास



एजेन्सी ।
भारतीय क्रिकेट टीमका पूर्वकप्तान महेन्द्र सिंह धोनीले ने अन्तर्राष्ट्रीय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका छन् ।

धोनीले सामाजिक सञ्जाल इन्स्टाग्राममा भावुक पोस्ट गर्दै सन्न्यासको घोषणा गरेका हुन् ।

अब धोनीले भारतीय क्रिकेट टिमबाट खेलेको देख्न पाइने छैन । तर धोनीले आईपीएल भने खेल्ने छन् ।

टेस्ट क्रिकेटबाट धोनीले यसअघि नै सन्न्यास लिने घोषणा गरेका थिए ।

यता सुरेश रैनाले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका छन् । भारतीय क्रिकेट टिमका ब्याट्सम्यान सुरेश रैनाले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफ्नो सन्न्यासको घोषणा गरेका हुन् ।

महेन्द्र सिंह धोनीको सन्न्यास घोषणापछि रैनाले आफू पनि यो यात्रामा सामेल भएको ट्विटरमा लेखेका छन् ।

प्रकाशित मिति : ३१ श्रावण २०७७ शनिबार ००:००  १० : २० बजे