२८ बैशाख २०८१, शुक्रबार | Sat May 11 2024

सिटी च्याम्पियन्स लिगबाट बाहिरियो, लियोनसंग ३–१ ले पराजित



एजेन्सी ।
म्यान्चेष्टर सिटी च्याम्पियन्स लिग फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । शनिबार राति क्वार्टरफाईनलको खेलमा फ्रान्सेली क्लब लियोनसंग ३–१ ले पराजित हुँदै सिटी प्रतियोगिताबाट बाहिरिएको हो ।

खेलको २४ औं मिनेटमा म्यासवेल कोर्नेटको गोलमा लियोनले सुरुवाती अग्रता बनाएको थियो । केभिन डी ब्रुईनीले ६९ औ मिनेटमा सिटीका लागि बराबरी गोल फर्काए ।

खेलको अन्तिम समयतिर मौसा डेम्बेलेले लगातार दुई गोल गर्दै लियोनलाई अप्रत्यासित जित दिलाए । ७९ औं मिनेटमा लियोनलाई २–१ ले अघि बढाएका डेम्बेलेले खेल सकिन तीन मिनेट अघि ब्यक्तिगत दोस्रो गोल गर्दै लियोनको जित सुनिश्चित गरेका थिए ।

लियोनले अब सेमिफाईनलमा जमर्न क्लब बायर्न म्युनिखसंग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : ३२ श्रावण २०७७ आइतबार ००:००  ६ : ०७ बजे