९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

थप ५ सय ८१ जनामा कोरोना पुष्टि, १ सय ६० जना डिस्चार्ज



काठमाडौं ।

सोमबार थप ५ सय ८१ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा देशभर सो संख्यामा संक्रमित थपिएका हुन्। आज थपिएका यीसहित हालसम्म संक्रमित हुनेको संख्या २७ हजार २ सय ४१ पुगेको छ।

त्यस्तै विगत २४ घण्टामा १ सय ६० जना निको भइ घर फर्किएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या १७ हजार ४ सय ९५ पुगेको छ। देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ६ सय ३९ छ। त्यस्तै मृतक १ सय ७ जनामा कोरोना पुष्टि भएको छ।

प्रकाशित मिति : १ भदौ २०७७ सोमबार ००:००  ४ : २७ बजे