२८ बैशाख २०८१, शुक्रबार | Sat May 11 2024

च्याम्पियन्स लिगको ईतिहासमा पीएसजी पहिलो पटक फाईनलमा



एजेन्सी ।
पेरिस सेन्ट जर्मेन (पीएसजी) पहिलो पटक च्याम्पियन्स लिग फुटबलको फाईनलमा प्रवेश गरेको छ । जर्मन क्लब आरबी आईपजिगबिरुद्ध ३–० को जित निकाल्दै पीएसजीले प्रतियोगिताको फाईनलमा स्थान सुरक्षित गरेको हो ।

पीएसजीको जितमा एन्जल डी मारियाले महत्वपूर्ण भूमिका खेले । उनले दुई गोलको अवसर सिर्जना गर्नुका साथै एक गोल पनि गरे । खेलको १३ औं मिनेटमा डी मारियाको फ्रिकिकमा मार्किन्होसले हेडमार्फत गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफको अन्तिम समयमा नेयमारको पासलाई सदुपयोग गर्दै डी मारियाले पीएसजीलाई २–० ले अघि बढाएका थिए । डिबक्सभित्र नेयमारले मिलाएको पासमा डी मारियाले पोस्टको दिशा दिएका थिए ।

५६ औं मिनेटमा उनै डी मारियाको पासमा जुआन बर्नाटले गोल गर्दै पीएसजीको जित सुनिश्चित गरेका थिए ।

नेयमार र एम्बापे जर्मन क्लबको कडा निगरानीमा पर्दा मारियाले त्यसको फाईदा उठाएका थिए । दुवैको उत्कृष्ट प्रर्दशनमा पीएसजीले क्वार्टरफाईनलको खेलमा एटलान्टाबिरुद्ध २–१ को पुनरागमन जित निकालेको थियो ।

युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो लगानीकर्ता पीएसजीले स्थापनाको लामो समयपछि पहिलो पटक सफलता प्राप्त गरेको हो ।

च्याम्पियन्स लिगको ईतिहासमा पीएसजीले पहिलो पटक फाईनलमा स्थान सुरक्षित गरेको हो । फ्रान्सेली क्लबलको उपाधिका लागि बायर्न म्युनिख र लियोनबीचको विजेतासंग खेल्नेछ ।

प्रकाशित मिति : ३ भाद्र २०७७ बुधबार ००:००  ६ : ४७ बजे