२८ बैशाख २०८१, शुक्रबार | Fri May 10 2024

बुवा !



कविता – बुवा

नदीले बालुवा बुनेर बनाएको गुन्द्रीमा बसेर मैले
पानी बनेर बगेको समय नियालिरहँदा
जब नदीले अनौठो गरि स्वाँक्क्क् गरेको सुन्छु
तब त्यो नदीको बगिरहेको पानीमाथि
म तपाईंको मधुरो छाया देख्छु,
र देख्छु
भेटेजति सबैथोक बगाउदै आएको नदीले पनि
बगाउन सकिरहेको हुँदैन तपाईंको छाया
म पानीलाई अलि नियाल्छु
र देख्छु स्
भर्खरै आँफैले लगाएको हिलो आलीमा
तपाईं गलेर थचक्क बस्नुभएकोछ,
आफ्नो जिउजस्तै बाङ्गिएको कोदालीको बींडमा निथ्रुक्क भिजेको चीउड़ो अड्याउनुभएकोछ
म आँखा चिम्सा पार्दै
पानीलाई अझै नियालेर हेर्छु
र देख्छु स्
ढलेको धोद्रो रुखजस्तै तपाईंको सुख्खा मुख
आँक्क्क् गरिरहेकोछ,
अनि पो झसङ्ग हुन्छु म
नदीको त्यो अनौठो आवाज त
तपाईं पो निकालिरहनुभएको रहेछ ।

बुबा
तपाईंले आजसम्म चुहाएको
जम्मै पसिना जम्मा गरेर
एक्कैपटकमा छ्यापिदिने हो भने
सुर्य चिस्याउन पर्याप्त हुँदो हो
तपाइको हातले पहाड उचाल्न सक्ने उमेर देखि
त्यहि पहाडबाट बग्दै आएको पानी
आफ्नो अन्जुलीमा अड्याउनसम्म नसक्ने उमेरसम्म
तपाईको हत्केला
हलोको अनोसँग रगडिदा रगडिदा
हलोको अनोमै छापिईसके होला है बुबा

तपाईका हातका भाग्य रेखाहरु रु
म चाडै आउदैछु बुबा
तपाइंको त्यो छातीमा निदाउन
जुन छातीको एक पलको निन्द्रा नै काफी छ
एक युगको सपना देख्नलाई
तपाइंले हजारौं डोका चिसो मल बोक्नुभयो
ताकि मैले सधैं पेटमा तातो चामल बोक्न सकूँ,
तपाइंले सधैं सखुवाका चिसा ठुटा फुटाउनुभयो
ताकि कहिल्यै चिसोले मेरा गाला नफुटाओस्,
फुटेका देख्थें तपाईका ओठ
बन्चरोको चोट नमिलेर
झिँजैझिँजा भएको दाउराजस्तै
तर मेरा आँखाले तपाइको ओठको मुस्कान फुटेको कहिल्यै देखेनन्,
कैले खन्न भ्याउनुभो बुबा

लाखौं डोका मुस्कान अटाउने त्यत्रो ठुलो मनखाडी रु
म चाडै आउदैछु बुबा
तपाईका ती आँखा नियाल्न
जुन आँखाभित्रको ब्रह्माण्ड
अर्जुनले कृष्णको मुखभित्र पनि देखेका थिएनन
समयका गोरुहरुलाइ फाली लागेको बेला पनि
तपाईंले
मेरो भविष्य रोप्नका लागि
आकाशभरिको मेलो उठाईदिनुभएछ है बुबा
त्यसैले त आजभोलि म
जिन्दगीका डोकाहरुमा
पाकेका ताराहरु टिपिरहेछु
सानोमा दिदी र मलाई
तपाईंले सिङ्गासिङ्गै पेन्सिल किनिदिन नसक्दा
काटेर एउटै पेन्सिल
तपाईंले
दिदीलाई संधै मेट्ने नभएको तल्लो भाग
र मलाई सँधै मेट्ने भएको माथिल्लो भाग दिनुहुन्थ्यो,
तपाईंलाई त्यतिखेरै थाहा रैछ है बुबा
मैले भविष्यमा धेरै गल्तीहरु गर्नेछु भन्ने

म चाँडै आउनेछु बुबा
तपाईंका ती सिलोकहरु सुन्न
जुन सिलोकको ध्वनि सुनेर
मेरा कानले सुन्न सिकेका हुन्
तपैले एक्लै बोकेर सार्नु भएथ्यो रे
धमीराको देवल संग मीत लगाएको हाम्रो घरलाई
दुखनगर बाट
आशानगर सम्म,
फुटेको थियो रे तपाइंको काध
मैले लेख्ने ग्राफ कापीका धर्का फुटे झैं
कहाँ बाट ल्याउनुहुन्थ्यो बुबा
सबैको दुख उचाल्ने त्यत्रो बल रु
बलबान छाप खैनी बाट रु

म चाडै आउनेछु बुबा
तपाइंको त्यो काँधमा गाला राख्न
जुन काधमा कुनैदिन म बसेर
मैले मेरो खुट्टा हल्लाउदा थाहा पाएको थिएँ कि
यदि सधैंभरी म संग मेरो बुबाको काँध हुनेभए
म सधैंभरी गाउँभरिकै सबैभन्दा अग्लो मान्छे हुनेथिएँ

बुबा
म सानो हुँदा मेरो लागि
बिचमा बदाम भएको बिस्कुट र एउटा रातो बरफ किन्न
तपाइँ संग पैसा नहुँदा
तपाइले आफ्नो भित्री गोजीको गोजिपात्रोभित्र
दुंबो राख्नु भएको
रु १ को नया नोट पनि बेच्नुभएकोथियो,
कहाँ बाट आयो बुबा तपाईंसंग
त्यागको त्यत्रो ठुलो छाती र
कतै तपाईं दधिची ऋषिको पुनर्जन्म त होइन रुरु
म चाडै आउदैछु बुबा
तपाईलाई ञबुबाझ शिर्षकको यो कविता सुनाउन
किनकि
बुबा आँफैमा जीवनको पहिलो कविता हो ।

बुवा

नदीले बालुवा बुनेर बनाएकाे गुन्द्रीमा बसेर मैले
पानी बनेर बगेकाे समय नियालिरहँदा
जब नदीले अनाैठाे गरि स्वाँSSS गरेको सुन्छु
तब त्याे नदीकाे बगिरहेकाे पानीमाथि
म तपाईंको मधुराे छाया देख्छु,
र देख्छु
भेटेजति सबैथाेक बगाउदै अाएकाे नदीले पनि
बगाउन सकिरहेकाे हुँदैन तपाईंको छाया
म पानीलाई अलि नियाल्छु
र देख्छु :
भर्खरै आँफैले लगाएकाे हिलाे आलीमा
तपाईं गलेर थचक्क बस्नुभएकाेछ,
आफ्नाे जिउजस्तै बाङ्गिएकाे कोदालीको बींडमा निथ्रुक्क भिजेकाे चीउड़ो अड्याउनुभएकाेछ
म अाँखा चिम्सा पार्दै
पानीलाई अझै नियालेर हेर्छु
र देख्छु :
ढलेकाे धोद्रो रुखजस्तै तपाईंको सुख्खा मुख
अाँSSS गरिरहेकाेछ,
अनि पाे झसङ्ग हुन्छु म
नदीकाे त्याे अनाैठाे अावाज त
तपाईं पाे निकालिरहनुभएकाे रहेछ ।

बुबा
तपाईंले आजसम्म चुहाएको
जम्मै पसिना जम्मा गरेर
एक्कैपटकमा छ्यापिदिने हो भने
सुर्य चिस्याउन पर्याप्त हुँदाे हाे
तपाइको हातले पहाड उचाल्न सक्ने उमेर देखि
त्यहि पहाडबाट बग्दै आएको पानी
आफ्नो अन्जुलीमा अड्याउनसम्म नसक्ने उमेरसम्म
तपाईको हत्केला
हलोको अनाेसँग रगडिदा रगडिदा
हलाेकाे अनाेमै छापिईसके हाेला है बुबा

तपाईका हातका भाग्य रेखाहरु ?
म चाडै आउदैछु बुबा
तपाइंको त्यो छातीमा निदाउन
जुन छातीको एक पलको निन्द्रा नै काफी छ
एक युगको सपना देख्नलाई
तपाइंले हजारौं डाेका चिसो मल बोक्नुभयो
ताकि मैले सधैं पेटमा ताताे चामल बोक्न सकूँ,
तपाइंले सधैं सखुवाका चिसा ठुटा फुटाउनुभयो
ताकि कहिल्यै चिसोले मेरा गाला नफुटाओस्,
फुटेका देख्थें तपाईका ओठ
बन्चराेकाे चाेट नमिलेर
झिँजैझिँजा भएकाे दाउराजस्तै
तर मेरा आँखाले तपाइको ओठको मुस्कान फुटेको कहिल्यै देखेनन्,
कैले खन्न भ्याउनुभाे बुबा

लाखौं डाेका मुस्कान अटाउने त्यत्रो ठुलाे मनखाडी ?
म चाडै आउदैछु बुबा
तपाईका ती आँखा नियाल्न
जुन आँखाभित्रको ब्रह्माण्ड
अर्जुनले कृष्णको मुखभित्र पनि देखेका थिएनन
समयका गाेरुहरुलाइ फाली लागेकाे बेला पनि
तपाईंले
मेराे भविष्य राेप्नका लागि
अाकाशभरिकाे मेलाे उठाईदिनुभएछ है बुबा
त्यसैले त अाजभाेलि म
जिन्दगीका डाेकाहरुमा
पाकेका ताराहरु टिपिरहेछु
सानाेमा दिदी र मलाई
तपाईंले सिङ्गासिङ्गै पेन्सिल किनिदिन नसक्दा
काटेर एउटै पेन्सिल
तपाईंले
दिदीलाई संधै मेट्ने नभएकाे तल्लाे भाग
र मलाई सँधै मेट्ने भएकाे माथिल्लो भाग दिनुहुन्थ्याे,
तपाईंलाई त्यतिखेरै थाहा रैछ है बुबा
मैले भविष्यमा धेरै गल्तीहरु गर्नेछु भन्ने

म चाँडै अाउनेछु बुबा
तपाईंका ती सिलाेकहरु सुन्न
जुन सिलाेककाे ध्वनि सुनेर
मेरा कानले सुन्न सिकेका हुन्
तपैले एक्लै बोकेर सार्नु भएथ्यो रे
धमीराको देवल संग मीत लगाएको हाम्रो घरलाई
दुखनगर बाट
आशानगर सम्म,
फुटेको थियो रे तपाइंको काध
मैले लेख्ने ग्राफ कापीका धर्का फुटे झैं
कहाँ बाट ल्याउनुहुन्थ्यो बुबा
सबैको दुख उचाल्ने त्यत्रो बल ?
बलबान छाप खैनी बाट ?

म चाडै आउनेछु बुबा
तपाइंको त्यो काँधमा गाला राख्न
जुन काधमा कुनैदिन म बसेर
मैले मेरो खुट्टा हल्लाउदा थाहा पाएको थिएँ कि
यदि सधैंभरी म संग मेरो बुबाको काँध हुनेभए
म सधैंभरी गाउँभरिकै सबैभन्दा अग्लो मान्छे हुनेथिएँ

बुबा
म सानो हुँदा मेरो लागि
बिचमा बदाम भएको बिस्कुट र एउटा रातो बरफ किन्न
तपाइँ संग पैसा नहुँदा
तपाइले आफ्नो भित्री गाेजीकाे गोजिपात्रोभित्र
दुंबो राख्नु भएकाे
रु १ को नया नोट पनि बेच्नुभएकोथियो,
कहाँ बाट आयो बुबा तपाईंसंग
त्यागको त्यत्रो ठुलो छाती ?
कतै तपाईं दधिची ऋषिको पुनर्जन्म त होइन ?
म चाडै आउदैछु बुबा
तपाईलाई `बुबा´ शिर्षककाे याे कविता सुनाउन
किनकि
बुबा आँफैमा जीवनको पहिलो कविता हो ।

बुबा
म सानो हुँदा मेरो लागि
बिचमा बदाम भएको बिस्कुट र एउटा रातो बरफ किन्न
तपाइँ संग पैसा नहुँदा
तपाइले आफ्नो भित्री गोजीको गोजिपात्रोभित्र
दुंबो राख्नु भएको
रु १ को नया नोट पनि बेच्नुभएकोथियो,
कहाँ बाट आयो बुबा तपाईंसंग
त्यागको त्यत्रो ठुलो छाती र
कतै तपाईं दधिची ऋषिको पुनर्जन्म त होइन रुरु
म चाडै आउदैछु बुबा
तपाईलाई ञबुबाझ शिर्षकको यो कविता सुनाउन
किनकि
बुबा आँफैमा जीवनको पहिलो कविता हो ।

कविः नवराज पराजुली

प्रकाशित मिति : ३ भाद्र २०७७ बुधबार ००:००  ७ : ४९ बजे