२८ बैशाख २०८१, शुक्रबार | Sat May 11 2024

क्यारेबियन प्रिमियर लिगमा आज सन्दिपको खेल



काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) टीट्वान्टी क्रिकेटमा आज (बुधबार) जमैका तलावाज र सेन्ट लुसिया जोउक्स भिड्दै छन् । ट्रीनिडाड एन्ड टोबेगोमा हुने जमैका र सेन्ट लुसियाबिचको खेल नेपाली समय अनुसार साँझ पौने ८ बजे सुरु हुनेछ ।

नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको जमैका आफ्नो पहिलो खेलमा जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छ । पहिलो खेलमा सन्दीपले प्लेइङ सेटमा स्थान बनाउने बलियो सम्भावना रहेको छ ।

जमैका रोव्मन पावेलको कप्तानीमा मैदान उत्रने छ भने सेन्ट लुसियाको कप्तानी ड्यारेन स्यामीले गर्ने छन् । तुलनात्मक रुपमा सेन्ट लुसिया माथी जमैका हाबी हुने देखिएको छ ।जमैकाले सन्दीपलाई यस पटक ९० हजार अमेरिकी डलर ९१ करोड ८ लाख नेपाली रुपैयाँ० मा अनुबन्ध गरेको थियो । सन्दीपले यसअघि दुई पटक सीपीएल खेलिसकेका छन् ।

सीपीएलमा सन्दीप एक मात्र नेपाली खेलाडी हुन् ।यसअघि मंगलबार भएको उद्घाटन खेलमा ट्रीनबेगो नाइट राइडर्सले विजयी सुरुवात गरेको छ । ट्रीनबेगो नाइट राइडर्सले गुयाना एमेजन वारियर्सलाई ४ विकेटले हराउँदै सुखद सुरुवात गरेको थियो ।

यस्तै दोस्रो खेलमा बार्बाडोस ट्राइडेन्ट्सले सेन्ट किट्स एण्ड नेभिस प्याट्रीओट्सलाई ६ रनले पराजित गर्दै विजयी हात पारेको थियो ।कोरोना भाईरसको महामारीको कारण यस सिजनका सबै खेल बन्द रंगशालामा भईरहेको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७७ बुधबार ००:००  १० : १५ बजे