२८ बैशाख २०८१, शुक्रबार | Fri May 10 2024

वार्यन र लियोनको भीडन्त आज, च्याम्पियन्स लिगको फाइनलमा को पुग्ला ?



मायादेवी अनलाइन, चार नम्बर ।

युरोपियन च्याम्पियन्स लिग फुटबलको दोश्रो सेमी फाइनल खेल आज राति हुँदै छ । पोर्चुगलमा राति पौने १ बजे हुने खेलमा जर्मन क्लव बायर्न म्युनिख र फ्रेन्च क्लव लियोन आमने सामने हुँदै छन् । वार्यन बार्सिलोनालाई ८ – २ को हार चखाउँदै सेमिफाइनमा आएको टिम हो भने लियोनले प्रिकवाटर फाइनलमा रोनाल्डो सम्मिलित युभेन्टस र क्वाटरफाइनलमा म्यानचेस्टर सिटीलाई हराउँदै सेमिफाइनलसम्म आएको टिम हो ।

बार्सिलोनामाथि वार्यनले सानदार जित हासिल गरेर उच्च मनोबल बनाए पनि लियोनसंग उसलाई डर छ । किनकि सिटी र युभेन्टसलाई उसले हराइसकेको छ । त्यसैले आजको खेल निकै रोचक हुने अनुमान गरिएको छ । आज बार्यनलाई हराए लियोन पहिलोपटक च्याम्पियन्स लिगको ईतिहासमा फाइनलमा जाने छ बार्यनले जितेमा उसले च्याम्पियन्स लिगमा अर्को यतिहास कायम गर्ने छ । उसले पटकपटक यस लिगको कप जितिसकेको छ ।

धेरैले पिएसजी र वार्यन फाइनलमा भीँड्ने लख काटेका छन् । यद्यपी लियोनले त्यो लख असफल नपार्ला भन्न सकिन्न । त्यसको छिनोफानो आज राति नै हुने छ । धेरैले आजको खेल प्रतिक्षा गरेका छन् । आजको खेलको विजेताले उपाधिको लागि पिएसजीसंग खेल्ने छ । यसअघि हिजो भएको खेलमा आरबी लेइप्जिङलाई ३ शून्यले हराउँदै पीएसजी फाइनलमा पुगिसकेको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७७ बुधबार ००:००  १० : ४१ बजे