८ असार २०८३, सोमबार | Mon Jun 22 2026

६ सय ८१ जना कोरोना संक्रमित थपिदा १ सय २० जना डिस्चार्ज



काठमाडौं ।

बुधबार देशका विभिन्न ठाउँमा थप ६ सय ८१ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा गरिएको परीक्षणका क्रममा सो संख्याका संक्रमित पुष्टि भएको हो।

यीसहित हालसम्म संक्रमित हुनेको संख्या २८ हजार ९ सय ३८ पुगेको छ। त्यस्तै विगत २४ घण्टामा १ सय २० जना कोरोनाबाट निको भइ घर फर्किएका छन्।

यीसहित हालसम्म निको हुनेको संख्या १७ हजार ७ सय पुगेको छ। हाल देशमा सक्रिय संक्रमितको संख्या ११ हजार १ सय १८ छ। विगत २४ घण्टामा ११ हजार ५ सय १२ जनाको पिसिआर परीक्षण भएको छ।

प्रकाशित मिति : ३ भदौ २०७७ बुधबार ००:००  ४ : ३३ बजे