२८ बैशाख २०८१, शुक्रबार | Fri May 10 2024

च्याम्पियन्स लिगः बायर्न फाइनलमा, अवसर गुमाउँदा लियोन निरास



एजेनसी ।
जर्मन क्लब बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।पोर्चुगलको लिस्बनमा बुधबार राति भएको दोस्रो सेमिफाइनलमा फ्रेन्च क्लब लियोनलाई ३-० गोल अन्तरले पराजित गर्दै बायर्न उपाधि नजिक पुगेको हो ।

स्टाडियो जोसे अल्भालाडे रंगशालामा बायर्नलाई जित दिलाउन सर्ज गनाब्रीले दुई गोल गरे । यस्तै रोबर्ट लेवान्डोस्कीले एक गोल थपे ।खेलको १८ औं मिनेटमा गनाब्रीले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए ।

खेलको ३३ औं मिनेटमा गनाब्रीले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई २-० को अग्रता दिलाए ।त्यसपछि खेलको ८८ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई ३- ० को जित दिलाए ।

खेलमा लियोनले समेत गोलको केहि अवसर पाएको थियो । तर, दुबै हाफमा पाएको अवसरलाई लियोनले सदुपयोग गर्न सकेनन् । लियोनका केहि उत्कृष्ट प्रहार बायर्नका गोलकिपर म्यानुएल नुएरले उत्कृष्ट बचाउ गरेका थिए ।

अब बायर्नले फाइनलमा फ्रेन्च क्लब पीएसजी सँग खेल्नेछ । पीएसजी पहिलो सेमिफाइनलमा जर्मन क्लब आरबी लाइपजिगलाई ३- ० ले हराएर उपाधि नजिक पुगिसकेको छ । बायर्न र पीएसजीबीचको फाइनल खेल अगस्ट २४ मा हुनेछ ।

प्रकाशित मिति : ४ भाद्र २०७७ बिहिबार ००:००  ६ : १९ बजे