१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

ग्यारेथ बेललाई पुनः टोटनह्याम ल्याउन चाहन्छन् जोसे मोरिन्हो



एजेन्सी ।
इंग्लिस क्लब टोटनह्यामका प्रशिक्षक जोसे मोरिन्हो ग्यारेथ बेललाई पुनः टोटनह्याममै ल्याउन चाहनामा रहेको स्पेनिस पत्रिकाले खबर छापेका छन् ।

स्पेनिस क्लब रियल मड्रिडका बेललाई क्लब भित्र्याउने पक्षमा मोरिन्हो रहेको दाबी छ । ३१ वर्षका बेल सन् २०१३ मा त्यो बेला कीर्तिमानी मूल्यमा टोटनह्यामबाट रियल मड्रिड गएका थिए ।

रियल मड्रिडमा राम्रो प्रदर्शन गरेका उनले प्रशिक्षक जिनेदिन जिदानको अण्डरमा भने आफूलाई प्रस्तुत गर्ने मौका पाएका छैनन् । जिदानले बेललाई अधिकांश समय खेल्ने मौका नै दिएका छैनन् । बेलले रियल मड्रिड बसेर आफ्नो महत्वपूर्ण समय खेर फालेको भन्नेहरु पनि छन् ।

जिदानसँगको उनको सम्बन्ध सुधार हुन नसकेका कारण खेल जीवन नै ओझेलमा पर्न थालेकाले बेलले विकल्प खोज्नु पर्ने विश्लेषकले बताउँदै आएका छन् । यहिबिचमा उनको पुरानो क्लब टोटनह्यामले चासो देखाएको हो ।

प्रकाशित मिति : ४ भाद्र २०७७ बिहिबार ००:००  ९ : ४५ बजे