१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

विश्वभर डेढ करोड बढी कोरोनामुक्त



काठमाण्डौ ।

विश्वभर कोरोना भाइरसको सङ्क्रमणबाट निको हुनेको सङ्ख्या डेढ करोड नाघेको छ । अहिलेसम्म दुई करोड २५ लाखमा कोरोना पुष्टि भएकोमा एक करोड ५३ लाखभन्दा धेरै उपचारपछि निको भएको वर्ल्डोमिटरले जनाएको छ । त्यस्तै सङ्क्रमितमध्ये सात लाख ९१ हजारको भने ज्यान गएको छ ।

वर्ल्डोमिटरका अनुसार अहिले उपचार गराइरहेका ६४ लाख ८६ हजारमध्ये एक प्रतिशत अर्थात् साढे ६१ हजारको अवस्था जटिल रहे पनि बाँकी ६४ लाखको अवस्था सामान्य छ ।

सबैभन्दा धेरै अमेरिकामा ५७ लाखमा कोरोना पुष्टि हुँदा एक लाख ७६ हजारको ज्यान गएको छ । यस्तै साढे ३४ लाखमा कोरोना पुष्टि भएको ब्राजिलमा एक लाख ११ हजारको ज्यान गएको छ भने भारतमा २८ लाखभन्दा धेरैमा कोरोना पुष्टि हुँदा झण्डै ५४ हजारको ज्यान गइसकेको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७७ बिहिबार ००:००  २ : २१ बजे