४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

बुटवलको मुटु अस्पतालका ६ स्वास्थ्यकर्मीमा कोरोना, सबै सेवा बन्द




तिलोत्तमा । रुपन्देहीको बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा शनिबार थप ६ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यसअघि अस्पतालमा कार्यरत ३ जना चिकित्सकलाई कोरोना संक्रमण पुष्टि भइसकेको थियो ।

अस्पतालमा संक्रमित चिकित्सकको संख्या ९ पुगेको छ ।स्वास्थ्यकर्मीलाई नै कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अस्पतालको सेनिटाइजेसन र अस्पतालमा कार्यरत सबै स्वास्थ्यकर्मीको कोरोना भाइरस परीक्षण गर्नुपर्ने भएकाले अस्पतालबाट प्रदान हुँदै आएका सबै सेवा अर्को सूचना प्रकाशित नहुँदासम्म बन्द गरिएको अस्पतालका अध्यक्ष एजाज आलमले बताए ।

‘अस्पतालमा उपचाररत बिरामीलाई डिस्चार्ज गरी सरसफाई र सबै कर्मचारीको पीसीआर परीक्षण गर्नेछौुं, उनले भने, ‘जाँचका लागि आउने बिरामीले स्वाब परीक्षणको रिपोर्ट लिएर आउनुहुन्थेन, संक्रमण कहाँबाट भयो भन्ने अन्योलता छ ।’

प्रकाशित मिति : १३ भाद्र २०७७ शनिबार ००:००  ५ : ४३ बजे