२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

रुपन्देहीमा भदौ २० गतेसम्म थपियो निषेधाज्ञा



रुपन्देही ।
रुपन्देहीमा भदौ २० गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय भएको छ । आइतबार बसेको जिल्लास्तरीय कोभिड–१९ व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो ।

जिल्लास्तरीय कोभिड–१९ व्यवस्थापन केन्द्रले जिल्ला प्रशासन कार्यालयलाई भदौ २० गतेसम्म लकडाउन थप गर्न जिल्ला प्रशासन कार्यालयलाई सिफारिश गर्ने निर्णय गरेको हो ।

सिफारिश अनुसार प्रशासनले आदेश जारी गर्नेछ । यसअघि बसेको बैठकले भदौ १४ गते राति १२ बजे सम्म निधेषाज्ञा जारी राख्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १४ भाद्र २०७७ आइतबार ००:००  ९ : ४० बजे