७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

भान डी बीक भए इंग्लिस क्लब म्यानचेस्टर युनाटेडमा अनुबन्धित



एजेन्सी ।
इंग्लिस प्रिमियर लिग फुटबल क्लब म्यानचेस्टर युनाइटेडले नेदरल्याण्डसका मिडफिल्डर डोनी भान डी बीकलाई अनुबन्धित गरेको छ । अजाक्साका भान डी बीकलाई युनाइटेठले ३५ मिलियन पाउण्डमा र त्यसमा पाँच मिलियन पाउण्ड थप हुने गरी अनुबन्धित गरेको हो ।

भान डी बीकले युनाइटेडसँग पाँच वर्षको सम्झौता गरेका छन् । २३ वर्षका भान डी बीकले अजाक्सबाट १७५ खेलमा ४१ गोल गरेका छन् ।

सन् २०१८–१९ को सिजन अजाक्सलाई च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलसम्मको यात्रा तय गराउनुमा उनको भूमिका पनि महत्वपूर्ण थियो । यो समरमा युनाइटेडले अनुबन्धित गरेका उनी पहिलो खेलाडी हुन् ।

प्रकाशित मिति : १८ भाद्र २०७७ बिहिबार ००:००  ७ : ५४ बजे