५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

रक्सी सेवनबाट हुने यस्तो छ हानी



एजेन्सी ।
कतिपय नेपाली संस्कृतीमा रक्सीलाई परम्परा नै मानिन्छ । चार्डपर्व, रीतिरिवाज तथा उत्सवहरूमा मद्यपान गर्ने फेसन निकै बढेको छ । यी समुदायमा जन्म, मृत्यु तथा विवाह आदिमा समेत मदिरा अपरिहार्य हुन्छ ।

यसको सेवन गर्नेहरु यसलाई पेनकिलरको रुपमा मनको पीडा कम गर्ने तर्क सार्दछन् । तर रक्सी नशाकालागि सेवन गरिन्छ । यसमा पाइने अल्कोहल लागूपदार्थ हो, जसले मानिसलाई बिस्तारै लत लगाउँछ ।

सामान्यतया एक बयस्क मान्छेको कलेजोले १ घन्टामा २० मिलिलिटर भोड्का, ७० मिलिलिटर वाइन, अथवा २०० मिलिलिटर बियरमा भएको अल्कोहलको मात्रालाई शुद्ध बनाउन सक्छ । यो भन्दा छिटो र बढी खाएको रक्सी सिधै रगतमा पुग्दछ । यस्तोमा मुटुले काम गर्न नसक्ने वा मान्छे मर्न पनि सक्छ ।

रक्सी सेवनबाट हुने हानी
रगतमा ४०० मिलिग्राम प्रतिशत भन्दा बढी अल्कोहल पुगेमा मानिसको मृत्यु हुन सक्छ ।
यसले पेटको रोगहरू ग्यासट्रिक, अल्सर तथा पैंक्रियाटाइटिस हुने संभावना हुन्छ ।
लगातार रक्सी सेवनले उच्च रक्तचाप बढाउँछ ।
नियमित अधिक मात्रामा रक्सी खानेहरुमा फोक्सो तथा मुटुका रोगको संभावना हुन्छ ।
रक्सीको सेवनले मानिसमा चिन्ता रोग तथा डिप्रेसन बढाउँछ ।
नियमित रक्सीको कुलतमा फस्नेहरुमा लिंग उत्तेजनामा कमी आउँछ ।
रक्सी सेवन गर्ने गर्भवती वा स्तनपान गराउने महिलाका सन्तानमा अपांगता आउन सक्छ ।

त्यसैले रक्सी पिउने कुलतबाट टाढा बस्नु नै उपयुक्त हुन्छ । यसले आर्थिक, मानसिक, पारिवारिक र शारीरिक हरेक पक्षमा हानी पुर्याउँछ । त्यसैले तत्काल रक्सी पिउन छाड्नु नै बुद्धिमानी हुन्छ ।

प्रकाशित मिति : २१ भाद्र २०७७ आइतबार ००:००  ६ : १९ बजे