२ कार्तिक २०८३, आइतबार | Mon Oct 19 2026

युईएफए नेसन्स लिगः फ्रान्सले क्राएसियालाई हरायो, पोर्चुगलसँग स्वीडेन पराजित



काठमाडौं ।

युईएफए नेसन्स लिग फुटबलमा फ्रान्सले क्रोएसियालाई हराएको छ। गएराति फ्रान्सको घरेलु मैदानमा भएको खेलमा उसले क्रोएसियामाथि ४–२ ले जित निकालेको हो। फ्रान्सका लागि खेलको ४३ औ मिनेटमा एन्टोनी ग्रिजम्यानले गोल गरे।

पहिलो हाफको इन्जुरी समयमा क्रोएसियाका डोमिनिक लिवाकोविकको आत्मघाति गोल गरेपछि फ्रान्स खेलमा अघि बढेको थियो। ६५ औं मिनेटमा डायोट उपमाकोनोले फ्रान्सलाई ३–२ को अग्रता दिलाए।

ओलिभर जिराउडले ७७ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै घरेलु टोलीको ४–२ को जित सुनिश्चित गरे। गएराति नै भएको अर्को खेलमा पोर्चुगलले स्विडेनलाई २–० ले हरायो भने बेल्जियमले आइसल्यान्डमाथि ५–१ गोलको शानदार जित निकालेको छ। डेनमार्क र इङ्ल्याण्डले गोलरहित बराबरी खेले।

प्रकाशित मिति : २४ भदौ २०७७ बुधबार ००:००  ८ : २३ बजे