२९ आश्विन २०८३, बिहिबार | Fri Oct 16 2026

गण्डकीका तीन जिल्लामा ११ संक्रमित थपिए



बागलुङ ।

गण्डकी प्रदेशका थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कास्कीको पोखरा महानगरपालिकाका ९ जना, बागलुङको तमान खोला गाउँपालिकाका १ का २६ वर्षीय पुरुष र नवलपरासी सुस्ता पूर्व को गैँडाकोट नगरपालिकाका–१ का ५४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो। पोखरा र बागलुङका १० जनाको क्षयरोग उपचार केन्द्र पोखरामा र गैँडाकोटका ५४ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा स्वाब परीक्षण गरिएको थियो।

पोखरा महानगरपालिका–१३ की ३८ वर्षीय महिला साउदी अरबबाट आएकी हुन्। पोखरा १७ का र वडा नखुलेका २२ र २४ वर्षका २ जना पुरुष भारतबाट आई क्वारेन्टाइनमा बसेका हुन्। अरु सबै संक्रमित व्यक्तिहरु कन्ट्याक्ट ट्रेसिङ गर्दा पहिचान भएका हुन्।

उनीहरु सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ। थपिएका समेत गरी गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ६ सय ७२ पुगेको छ।

प्रकाशित मिति : २४ भदौ २०७७ बुधबार ००:००  ९ : ०० बजे