५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

साताको अक्षरः युद्धको विगुल



कविता

झस्कें
अहो कस्तो सपना देखे
मथिङ्गगल हल्लियो
रगत बगिरहेको छ
जनता तातिरहेका छन्
दमनले थिँचिएका टाउकाहरु
रिस र आक्रोशले ठडिएका छन् ।

जनताका सपनाहरू
चिहान–घाटमा सेलाएका छन्
देशको हविगत देखेर पनि
सत्ताकै लागि लडिरहेका प्यूसाहरु
जसन मनाइरहेका छन
विग्रहको विष पिलाएर
जनताको घाउमा भुनभुनाउदै

रगत चुस्ने
भरौटेहरुको विगविगी
अति भन्दा माथि
अत्याचार गरेर
सपनाहरूको नाभीस्थलामा
प्रहार गर्न रिहर्सल गरेका लुटेराहरु
शायद् यिनको श्रद्धाञ्जली गर्ने बेला आएको छ ।

त्यसैले आज सपना देखे
अर्थ केलाई रहे
शायद् देशले फेरि केही खोजिरहेछ
त्याग, बलिदान
त्यसैले त आज सबेरै
युद्धको बिगुल फुकियो ।

यशु सापकोटा, रुपन्देही ।

प्रकाशित मिति : २७ भदौ २०७७ शनिबार ००:००  १० : १९ बजे