५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

सरकारले किन घटायो पिसिआर परीक्षणको आधा शुल्क ?



काठमाडौं ।
सरकारले पिसिआर परीक्षणको शुल्क आधा घटाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अधिकतम परीक्षण शुल्क दुई हजार रुपैयाँ तोकिएको जानकारी दिनुभयो ।

गौतमका अनुसार अब निजी तथा सरकारी सबै प्रयोगशालाले पिसिआर परीक्षण गरेबापत अधिकतम दुई हजार रुपैयाँ लिन पाउने छन् । यसअघि प्रयोगशालाहरूले अधिकतम ४ हजार ४ सय रुपैयाँ लिन पाउने भनिएको थियो ।

विश्व बजारमा पिसिआर परीक्षण गर्न चाहिने आवश्यक किटको मूल्य घटेको र विश्व बजारमै यसको शुल्क पुनारावलोकन गरिएकाले नेपालमा पनि शुल्क घटाइएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७७ आइतबार ००:००  ५ : ३२ बजे