कपिलवस्तुमा एक महिला मृत भेटिइन्


मायादेवी अनलाइन, विजयनगर ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा २७ बर्षीया एक महिला मृत अवस्थामा फेला परेकी छिन् । आइतवार बिहान ११ बजे गाउँपालिकाको वडा नं. ५ नौरगिंयामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

अर्जुन यादवको कान्छी श्रीमती मृतक सिर्जना घर्ती यादव घरदेखि १ सय मिटर पछाडी ८ मिटर गहिरो खाल्टोमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक मधु नेपालले बताउनुभयो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि शिवराज अस्पताल बहादुरगञ्ज पठाइएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस