८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

दुर्घटनाबाट घाइते राष्ट्रिय क्रिकेटर भण्डारीको सिम्रिक एयरबाट उद्धार



काठमाडौं ।

ट्रकको ठक्करबाट घाइते नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी ललितसिंह भण्डारीको सिम्रिक एयरबाट उद्धार गरिएको छ। आइतबार राति धनगढीबाट महेन्द्रनगर जाँदै गरेको ट्रकको ठक्करबाट उनी सवार मोटरसाइकल दुर्घटनामा परेको थियो। दुर्घटनामा गम्भीर घाइते भएका उनको सिम्रिक एयरबाट उद्धार गरी काठमाडौं ल्याइएको हो।

भण्डारीलाई धनगढीस्थित निसर्ग अस्पतालमा सामान्य उपचारपश्चात गएराति नै बाकेस्थित नेपालगन्ज मेडिकल कलेज मा रिफर गरिएको थियो। उनको त्यहाँ पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारका लागि ल्याइएको नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो ।

अध्यक्ष चन्दले ललितको उपचारका लागि क्रिकेट संघले समन्वय र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। त्यस्तै उनले सम्पूर्ण सरोकारवाला निकायलाई समेत सहयोगको लागि अनुरोध गरेका छन्।

प्रकाशित मिति : २९ भदौ २०७७ सोमबार ००:००  १० : ११ बजे