जर्मन कपमा बोरुसिया डर्टमण्डको फराकिलो जित


एजेन्सी ।

जर्मन कपको पहिलो चरणको खेलमा बोरुसिया डर्टमण्डले फराकिलो जित निकालेको छ ।सोमबार राति भएको खेलमा डर्टमण्डले डुइसबर्गलाई ५–० ले हराएको हो ।

डर्टमण्डको जितमा जुड बेलिंगहमले डेब्यु गोल गरे । जाडोन साञ्चोले समेत गोल गरेपनि जर्मन महारथी क्लब डर्टमण्डले १० खेलाडीमा सिमित डुइसवर्गमाथि सहज जित निकाल्यो ।१७ बर्षका बेलिङहम यसै समर ट्रान्सफरमा बर्मिङ्घम सिटीबाट डर्टमण्डमा आएका हुन् ।

साञ्चोको पेनाल्टीमा गोलमा डर्टमण्डले सुरुवाती अग्रता बनाएको थियो ।डर्टमण्डका लागि अन्य गोल इर्लिङ हाल्याण्ड, जियो रेना र मार्को रिउसले गरेका थिए ।

प्रिमियर लिग क्लब म्यान्चेष्टर युनाईटेडले डर्टमण्डका फरवार्ड साञ्चोलाई पहिलो लक्ष्यको रुपमा राखेको छ ।

तर डर्टमण्ड भने उनलाई यस सिजन आफैसंग राख्न आत्मविश्वासी देखिन्छ । उनले सोमबार समेत पहिलो हाफमा निकै राम्रो प्रभाव जमाएका थिए ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस