होटल व्यवसायी संघ कपिलवस्तुको ज्ञापन पत्रः असोज १ गतेदेखि व्यवसाय खोल्न पाऔँ


मायादेवी अनलाइन, तौलिहवा ।

कोरोना भाईरसका कारण जारी लकडाउनले थला परेका होटल तथा रेस्टुरेन्टलाई असोज १ गते देखि संचालन गर्न दिनु पर्ने होटल तथा रेस्टुरेन्ट व्यवसायी संघले माग गरेको छ । ६ महिना लामो लकडाउनले व्यवसायीहरु मारमा परेको भन्दै स्वास्थ्य मापदन्ड पुरा गरी होटल र रेस्टुरेन्टलाई संचालन गर्न दिनु पर्ने माग गरिएको हो ।

संघको जिल्ला समिति र ६ वटा नगर कार्य समितिले प्रशासन कार्यालयमा संयुक्त ज्ञापन पत्र दिदै सो माग गरेका हुन । उनीहरुले स्वास्थ्यका सबै मापदन्ड पुरा गरी सुरक्षितरुपमा व्यवसाय संचालन गर्ने प्रतिबद्धता समेत जनाएका छन ।

संघका जिल्ला सभापति गोपाल खत्री, उपाध्यक्ष रेशम ढकाल र कपिलस्तु नगरपालिका ईकाइका अध्यक्ष सन्दीप जैसवालले प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेललाई ज्ञापन पज्ञ बुझाउदै सो माग गरेका हुन । आफुहरुले होटल तथा रेस्टुरेन्टमा सामाजिक दुरी, अनिवार्य मास्क, लगायतका स्वास्थ्य मापदन्डहरु अपनाउने सामुहिक निर्णय गरेको अध्यक्ष क्षेत्रीले बताए ।

व्यवसायीहरुले ती मापदण्डको पालना गरे नगरेका हेर्नेछौ र आवश्क परामर्श समेत दिने गरी कार्य योजना बनाईको उनले बताए । होटल तथा रेस्टुरेन्टहरुको प्रशासनले नियमित अनुगमन, निरीक्षण गर्ने र पालना नगर्ने ब्यवसायीलाई कानुन अनुसार कारबाही गर्नु पर्ने उनले बताए ।

उपाध्यक्ष ढकालले लामो लकडाउनले बैंक ऋण, घरभाडा लगायतका कारण चरम मारमा परेकोले ब्यवासयीहरुको माग सम्बोधन हुनेमा आफुहरु आशाबादी रहेको बताए । ‘हामी सुरक्षितरुमा होटल र रेस्टुरेन्ट खोल्ने छौ ’ उनले भने ।

ज्ञापन पत्र बुझदै प्रजिअ दीर्घ नारायण पौडेलले बुधवार प्रशासन कार्यालयमा हुने बिपद ब्यवस्थापन समितिको बैठकमा यसबारे छलफल गरेर आवश्यक निर्णय लिने बताए । ज्ञापन पत्रको बोधार्थ जिल्लाका १० वटै पालिकालाई बुझाएका छन । संघको जिल्ला समिति र कपिलवस्तु, कृष्णगनर, शिवराज, महाराजगंज, बुद्धभूमि र बाणगंगा नगरपालिका कार्य समितिले बैठक बसी होटल संचालन गर्न दिनु पर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस