पिएर एमरिकले गरे आर्सनलसँग तीन वर्षको नयाँ सम्झौता


एजेन्सी ।
इंग्लिस क्लब आर्सनलका कप्तान पिएर एमरिकले क्लबसँग तीन वर्षको नयाँ सम्झौता गरेका छन् । ३१ वर्षका स्ट्राइकर एमरिक सन् २०१८ को जनवरीमा आर्सनलमा अनुबन्धित भएको थिए । उनले सन् २०१८–१९ को सिजनमा प्रिमियर लिगमा सर्वाधिक गोल गर्दै गोल्डेन बुट जितेका थिए ।

आफ्ना लागि आर्सनल विशेष क्लब रहेको र नयाँ सम्झौताको विषय कहिल्यै पनि दुविधाको विषय रहेको उनले बताएका छन् ।

उनले भनेका छन्, ‘मलाई आर्सनलमा विश्वास छ । हामीले एक भएर ठूलो उपलब्धी हाँसिल गर्ने छौँ । हामीसँग उत्साह छ र आर्सनलका लागि राम्रो चिजहरु आउन बाँकी छ ।’

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस