५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

रुकुम पश्चिममा हालसम्म ६१ जनाले कोरोना जिते



रुकुम ।

रुकुम पश्चिममा हालसम्म ६१ जना कोराना भाइरस संक्रमित ब्यक्ति कोरोना जितेर घर फकिएका छन्। हालसम्म भएको स्वाब परीक्षणका क्रममा ७० जनामा पोजेटभ देखिएकोमा ६१ जना निको भएर घर फर्किएका हुन्।

हाल रुकुम पश्चिममा ९ जना मात्र सक्रिय संक्रमित रहेका छन्। उनीहरूको पनि स्वास्थ्य अवस्था सामान्य रहेको छ भने विभिन्न ठाउँमा रहेका आइसोलेशनमा बसेका छन्। पछिल्लो समय नयाँ संक्रमितहरु थपिएका छैनन।

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले दैनिक सार्वजनिक गर्ने कोभिड विवरणअनुसार हालसम्म ७ हजार १ सय ७९ जनाको स्वाब संकलन गरिएको छ।

कोरोना भाइरस फैलिएर सरकारले लकडाउन गरेको अवधिदेखि हालसम्म ४ हजार १ सय ७८ जना मानिस भारत तथा तेस्रो देशबाट रुकुममा भित्रिएको निमित्त प्रमुख जिल्ला अधिकारी शेरबहादुर पुनले जानकारी दिए।

भारत तथा तेस्रो मुलकबाट आएका र संक्रमितको सम्पर्कमा आएका व्‍यक्तिहरूको स्वाब संकलन गरेर परीक्षण गरिएको थियो।

प्रकाशित मिति : ३१ भाद्र २०७७ बुधबार ००:००  ३ : ४१ बजे