३१ असार २०८३, बुधबार | Wed Jul 15 2026

आज अहिलेसम्मकै बढी कोरोना संक्रमित थपिए



काठमाडौं ।

बुधबार थप १ हजार ५३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। एकै दिनमा थपिएको यो संख्या हालसम्मकै उच्च हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ५८ हजार ३२७ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६८ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ४१ हजार ७०६ पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २४२ छ। कुल संक्रमितमध्ये निको हुनेको दर ७१‍‍ दशमलव ५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : ३१ भदौ २०७७ बुधबार ००:००  ४ : २६ बजे