८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

विश्वभर संक्रमितको संख्या तीन करोड ४२ हजार भन्दा धेरै



एजेन्सी ।

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ करोड ४२ हजार ७७६ पुगेको छ । कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या ९ लाख ४५ हजार भन्दा धेरै भएको छ ।

यसैगरी विश्वभर कोरोना संक्रमणबाट निको हुनेको संख्या २ करोड १८ लाख ८ हजार ८५२ पुगेको छ। कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या ६८ लाख २८ हजार ३०१ पुगेको छ। त्यहाँ ज्यान गुमाउनेको संख्या पनि २ लाख १ हजार ३४८ छ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमित रहेको भारतमा ५१ लाख १८ हजार २५३ जना संक्रमित भएकोमा ८३ हजार २३० जनाले ज्यान गुमाएका छन्। यसैगरी संक्रमितको संख्यामा तेस्रो स्थानमा ब्राजिल रहेको छ। त्यहाँ ४४ लाख २१ हजार ६८६ जनामा संक्रमण भएकोमा १ लाख ३४ हजार १७४ भन्दा धेरैको ज्यान गएको छ।

रुसमा १० लाख ७९ हजार ५१९ जना संक्रमित भएका छन् भने १८ हजार ९१७ जनाको मृत्यु भइसकेको छ। स्पेनमा ६ लाख १४ हजार ३६० संक्रमित भएकोमा ३० हजार २४३ जनाले ज्यान गुमाएका छन्।

बेलायतमा ३ लाख ७८ हजार २१९ संक्रमित भएकोमा ४१ हजार ६८४ जनाको मृत्यु भइसकेको छ। पेरुमा संक्रमितको संख्या ७ लाख ४४ हजार ४०० छ भने ३१ हजार ५१ जनाको मृत्यु भइसकेको छ।

प्रकाशित मिति : १ आश्विन २०७७ बिहिबार ००:००  २ : ४६ बजे