५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

प्याज काँचै खानु लाभदायी, यस्ता छन् ५ फाइदा



एजेन्सी ।
तपाईं–हाम्रो भान्सामा दैनिक रुपमा प्याज प्रयोग हुन्छ । कतिपयले तरकारी–अचारमा प्याज हाल्छन् त कतिले सलादको रुपमा काँचै खान मन पराउँछन् ।

खासमा प्याज काँचै खानु बढी फाइदाजनक हुन्छ। काँचो प्याजले कैयौं मौसमी बिरामीबाट बचाउन सहयोग पुग्छ। साथै तपाईंको सुन्दरतामा पनि काँचो प्याजले निखारता ल्याउँछ ।

यस्ता छन् काँचो प्याजका खास ५ फाइदा

१० प्याजमा पाइने फस्फोरस, म्याग्नेसियम, पोटासियम र भिटामिन सी ले हाम्रो शरीरलाई निरोगी बनाउन मद्दत पुग्छ। दिउँसोको खानाको साथमा सलादको रुपमा काँचो प्याज खाँदा पाचन शक्तिमा सहयोग पुग्छ।

श्वासप्रश्वास सम्बन्धी रोगबाट बच्न पनि प्याज लाभदायी छ । प्याजले शरीरमा रक्तसञ्चार प्रवाह नियमित बनाइराख्न र शरीरमा ऊर्जा दिने काम गर्छ ।

२० काँचो प्याजले एन्टिब्याक्टेरियाको पनि काम गर्छ । यसले हाम्रो शरीरमा ब्याक्टेरिया र भाइरसलाई बढ्न दिँदैन। साथै रुघा लाग्नबाट पनि हामीलाई बचाउँछ ।

३० लूबाट बच्न पनि प्याज अचूक औषधि हो । गर्मीमा लामो यात्रामा निस्किनु छ भने सलादको रुपमा खानासँग काँचो प्याज अवश्य खानुस् । यसले शरीरमा पानीको कमी हुनबाट पनि बचाउँछ ।

४० दिउँसोको खानाको साथमा काँचो प्याज नियमित खाने गर्नाले रगतमा सुगरको मात्रा बढ्न दिँदैन । यसले शरीरमा क्यान्सरजस्तोे घातक रोगका लागि सेलको विकास हुनबाट रोक्छ ।

५० काँचो प्याज अनुहारका लागि पनि उपयोगी हुन्छ । काँचो प्याज लगाउने हो भने केही समयमै अनुहारको दाग हटेर जान्छ । साथै काँचो प्याजको सेवनले शरीरमा ब्लड सर्कुलेसन बढाउँछ र शरीरमा भएको ड्यामेज सेल रिपेयर गर्न मद्दत पुग्छ ।

– नवभारत टाइम्स

प्रकाशित मिति : २ आश्विन २०७७ शुक्रबार ००:००  ९ : ३८ बजे