५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

चितवनमा दुईजना कोरोना संक्रमितको निधन



काठमाडौं ।

चितवनमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। भरतपुर अस्पताल र चितवन मेडिकल कलेजमा उपचाररत एक–एकजनाको मृत्यु भएको हो। सर्लाहीको हरिपुर गाउँपालिका बस्ने ५५ वर्षीय पुरुषको आज विहान १० बजे भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।

भदौ १८ गते कोरेना संक्रमणसहित खोकी र श्वासप्रश्वासनमा समस्या भई अस्पताल भर्ना भएका पुरुष केही समयदेखि मिर्गौलाको डायलासिस गराउँदै आएका थिए। स्वास्थ्य जटिल बन्दै गएपछि भदौ २३ गतेदेखि आइसियुमा राखेर उपचार गरिएको थियो। उपचारका क्रममा उनको मिर्गौलाको डायलासिस पनि गरिएको अस्पतालले जनाएको छ।

यसैबीच, चितवन मेडिकल कलेजमा उपचाररत पूर्वी नवलपरासीको देवचुली नगरपालिका ११ का ३१ वर्षीय पुरुषको मृत्यु भएको हो। भदौ २६ गते कोरोना पुष्टि भएका युवकको गएराति १२ बजे मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालले जानकारी दिए।

प्रकाशित मिति : २ आश्विन २०७७ शुक्रबार ००:००  १२ : १८ बजे