४ जेष्ठ २०८१, शुक्रबार | Sat May 18 2024

उपत्यकामा ६०० भन्दा बढी स्वास्थ्यकर्मी संक्रमित



काठमाडौं ।

कोभिड-१९ को संक्रमण पछिल्ला दिनमा स्वास्थ्यकर्मीमा बढी देखिन थालेको छ । मुलुकभर कोभिड–१९ को संक्रमित बढिरहेको बेला उपत्यकामा अग्रपंक्तिमा काम गरिरहेका स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिन थालेको हो ।

संक्रमणको रोकथाम तथा नियन्त्रण गर्न खटिएका सुरक्षाकर्मीसँगै स्वास्थ्यकर्मीमा समेत संक्रमण देखिन थालेको छ । संक्रमणको उपचारमा खटिने स्वास्थ्यकर्मीमा संक्रमण देखिन थालेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए ।

स्वास्थ्यकर्मी संक्रमणको रोकथाम र नियन्त्रणका लागि प्रत्यक्ष संलग्न हुने भएकाले संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।

उनका अनुसार उपत्यकामा मात्र अहिलेसम्म ६ सयभन्दा बढीमा संक्रमण देखिएको छ । उनले कोभिड–१९ अस्पताल, कोभिड–१९ को परीक्षण गर्ने, होम आइसोलेसन, क्वारेन्टाइन, कन्ट्याट ट्रेसिङमा अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी बढी संक्रमण भएको बताए ।

उपत्यकामा अहिलेसम्म १५ हजार १३८ जना संक्रमण भइसकेका छन् । शुक्रबार मात्रै ८५९ जना संक्रमित भएका थिए ।

प्रकाशित मिति : ३ आश्विन २०७७ शनिबार ००:००  ४ : १६ बजे