२ कार्तिक २०८३, आइतबार | Mon Oct 19 2026

आर्सनलद्धारा वेष्ट ह्याम २–१ ले पराजित



एजेन्सी ।
आर्सनलले इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा विजयी यात्रा जारी राखेको छ। लिग अन्तर्गत शनिबार राति भएको सिजनको दोस्रो खेलमा मिकेल आर्तेताको आर्सनलले वेष्ट ह्याम युनाइटेडमाथि २–१ को दर्ता गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा आर्सनलका लागि २५ औँ मिनेटमा एलेक्सान्डर लाकाजेटी तथा ८५ औँ मिनेटमा एडी एनखेटियाले गोल गरे । वेष्ट ह्यामका लागि ४५ औँ मिनेटमा मिकेल एन्टोनियोले एक गोल फर्काएका हुन् ।

लगातार दोस्रो जितपछि ६ अंकसहित आर्सनल दोस्रो स्थानमा छ । लिग अन्तर्गत शनिबार राति नै भएको खेलमा लीड्स युनाइटेडले फुलह्यामलाई ४–३ ले पराजित गरेको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७७ आइतबार ००:००  ६ : ४० बजे