२४ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025

लिभरपुलले चेल्सीलाई २–० हरायो



एजेन्सी ।
च्याम्पियन लिभरपुलले नयाँ सिजनमा जितको यात्रा काम राखेको छ। इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा लिभरपुलले चेल्सीलाई २–० ले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा पहिलो हाफको इन्जुरी समयमा आन्द्रेयास क्रिष्टेन्सनले सीधै रातो कार्डा पाएर मैदानबाट बाहिरिएपछि चेल्सी १० खेलाडीमा सीमित भयो ।

पहिलो हाफमा गोल नखाएको चेल्सीले दोस्रो हाफमा दुई गोल खायो । चार मिनेटभित्र साडिओ मानेले लिभरपुलका लागि दुई गोल गरे । उनले ५० र ५४ औँ मिनेटमा गोल गरेका हुन् ।

प्रकाशित मिति : ५ आश्विन २०७७ सोमबार ००:००  ६ : १७ बजे