२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

विश्वभर ३ करोड १४ लाखभन्दा बढीमा कोरोना



काठमाडौं ।
विश्वभर ३ करोड १४ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा २ लाख २६ हजार ८५२ जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड १४ लाख ७५ हजार १८९ पुगेको छ ।

यस्तै एकै दिन थप ४ हजार २८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ९ लाख ६९ हजार १२० पुगेको छ ।

एकै दिन २ लाख ७० हजार ६१९ मानिस कोरोना संक्रमणमुक्त भएका छन् । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका मंगलबार बिहानसम्म कोरोनाबाट निको हुनेको संख्या २ करोड ३१ लाख १ हजार १६५ पुगेको छ । निको हुनेको यो संख्या कुल संक्रमितको ७३ प्रतिशत बढी हो ।

प्रकाशित मिति : ६ आश्विन २०७७ मंगलबार ००:००  ८ : ०० बजे